महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाकाे बलात्कारपछि हत्या भएकाे तथ्य खुलेकाे छ। गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी ३५ वर्षीया महिलाकाे बलात्कारपछि हत्या भएकाे खुलेकाे हाे।
प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी ती महिलाको हत्यामा संलग्न रहेकाे आराेपमा समातिएका दुई जनालाई सार्वजनिक गरेको हाे। बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेकाे जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए।
उनीहरूले महिलालाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए।
प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो। उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।न्युज कारखाना































प्रतिक्रिया