काेराेना अपडेटः ३६९ जना संक्रमण मुक्त, २९६ जनामा संक्रमण पुष्टि

काेराेना अपडेटः ३६९ जना संक्रमण मुक्त, २९६ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४९४ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ५७८ र एन्टीजेनबाट ९५ हजार २७५ पुगेको छ। 

नेपालमा हाल ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन्।

Logo