मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘वर्षा र हिमपातको सम्भावना कायमै छ’

मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘वर्षा र हिमपातको सम्भावना कायमै छ’

केन्द्रबिन्दु
0
Shares

अहिले काठमाडाैं उपत्यकालगायत देशभरकै भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। अरब सागरमा बनेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना छ। यसकारण उपत्यका लगायत देशभर नै चिसो बढ्ने हुँदा चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ। यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। ‘ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन,’ उनले भने ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शनिबार
दिउँसो: देशका  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ।  

राति: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।   

आइतबार
दिउँसो: देशका  पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  

राति: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ वाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  

सोमबार
दिउँसोः देशका  पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका  पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
नेपालमा अरब सागरमा बनेको न्युन चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा बदली भई देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितामा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Skip This
Skip This
Logo