गोठमा आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालकको मृत्यु

गोठमा आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन बालकको ज्यान गएको छ। 

हेलम्बु गाउँपालिका ७ सुर्सिङ गाउँको झाक्रिटोलस्थित सञ्च तामाङको गोठमा सोमबार साँझ आगलागी हुँदा ती बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। 

आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइला तामाङको ५ वर्षीय छोरा दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

एक तले गोठमा चुल्होमा रहेको मकैको खोस्टा र सुकेको नल, परालबाट आगो सल्किदा घट्ना भएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

Logo