काठमाडौं उपत्यकामा आज १४४ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १४४ जना कोराेना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज १४४ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन्।  

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार १७४ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३७० जना रहेको छ।

आज २७३ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ८ लाख ८९० पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

९ जनाको मृत्यु 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय ९८ हजार ५११ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३०० रहेको छ।

Logo