काठमाडौं उपत्यकामा आज १८१ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १८१ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १८१ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ९२० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ४ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३९७ जना रहेको छ।

आज २३२ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ८ लाख १ हजार १२२ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

४ जनाको मृत्यु 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख ४७ हजार २६२ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३६९ रहेको छ।

Logo