गजुरीमा पहिरो जाँदा दुई वटा कन्टेनर पुरिए

गजुरीमा पहिरो जाँदा दुई वटा कन्टेनर पुरिए

केन्द्रबिन्दु
0
Shares

धादिङ ।

पृथ्वी राजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् ।

सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नं.को कन्टेनर र मुग्लीनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नं.को भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिरोले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।रासस

Skip This
Skip This
Logo