टेकु अस्पतालमा १९ मंसिरदेखि इमरजेन्सी सेवामा निःशुल्क उपचार

टेकु अस्पतालमा १९ मंसिरदेखि इमरजेन्सी सेवामा निःशुल्क उपचार

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ। 

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत  पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोना भाइरसको तेस्रो लहरले हुन सक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले १९ मंसिरदेखि यो व्यवस्था लागू गर्न लागेको हो। 

निर्देशकका रूपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो। यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ। 

अस्पतालका तर्फबाट निर्देशक डा. रावलले मंसिर १५ गते नै पत्र लेखेर अवगत गराइसकेका छन्। सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरूको पछिल्लो २४ घन्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यववस्था गरिएको हो। 

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ। 

‘सिवीसी, आरबीएस, युरीया क्रियटिभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटीलगायत रहेका छन्। ‘यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने,’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए।

Skip This
Skip This
Logo