काेराेना अपडेटः थप २३८ जनामा सङ्क्रमण, ३९२ निको भए

काेराेना अपडेटः थप २३८ जनामा सङ्क्रमण, ३९२ निको भए


देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ७९७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ३९२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५८७ जना रहेको छ।

आज ३९२ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ४ हजार १०८ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ। पछिल्लो २४ घण्टामा ५ जनाकाे मृत्यु भएकाे छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख ३० हजार ६८८ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७४४ रहेको छ।

Logo