काठमाडौं उपत्यकामा १५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १५८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यकामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं ९७ जना, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ७९७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ३९२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५८७ जना रहेको छ।

आज ३९२ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ४ हजार १०८ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ। पछिल्लो २४ घण्टामा ५ जनाकाे मृत्यु भएकाे छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख ३० हजार ६८८ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७४४ रहेको छ।

Logo