काठमाडौं । साधारण अवस्थामा आज मनसुन अन्त्य हुने दिन अर्थात सेप्टेम्बर २३ हाे तर यस वर्ष केही दिनसम्म मनसुन सकृय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । भोलिसम्म पानी पर्नसक्ने भएकाेले बाढी र पहिरोकाे जोखिम हुनसक्ने हुँदा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।





























प्रतिक्रिया