शिकार खेल्न हिँडेका युवकको गाेली लागेर मृत्यु, एक जना पक्राउ

शिकार खेल्न हिँडेका युवकको गाेली लागेर मृत्यु, एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो। 

शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए। शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। 

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन्। रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएका छन्,'  खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ। 

दुई जना मात्र शिकार खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 

Skip This
Skip This
Logo