भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारका नियमित कार्यक्रमबाट हुने

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारका नियमित कार्यक्रमबाट हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरू नियमित कार्यक्रममा राखेर पूरा गर्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिन लागेपछि बाँकी रहेको दायित्व सरकारले मन्त्रालयहरुलाई हस्तान्तण सुरू गरेको हो। 

काठमाडाैंमा आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सरकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने जानकारी दिए।

साथै विपद् व्यवस्थापनसम्बन्धी कार्यहरू विपद् व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको बताए। सरकारले निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। 

अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका वस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती वकिास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बताए। 

Skip This
Skip This
Logo