दाङको घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बीमा गर्न थालिएको छ। वडा कार्यालयले ३३ जनाकाे स्वास्थ्य बीमा गरिदिएको हो। घोराहीका मेयर नरुलाल चौधरीले द्वन्द्वपीडितका लागि स्वास्थ्य बीमाको शुभारम्भ गरे।
जनयुद्ध, जनआन्दोलनका सहिद र बेपत्ताका परिवार तथा घाइतेकाे नि:शुल्क स्वास्थ्य बीमा सुरु भएकाे हाे।
घोराही-१७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको र चालु आर्थिक वर्षमा द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए।































प्रतिक्रिया