चिसो झन बढ्यो, काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्‍याे

चिसो झन बढ्यो, काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्‍याे

केन्द्रबिन्दु
0
Shares

नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ। 

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको छ। यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ। मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली  रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बुधबार
दिउँसो : देशको  पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको  पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार
दिउँसो : प्रदेश १ तथा प्रदेश २  मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने साथै गण्डकी तथा प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी  २४ घण्टाका  लागि  चेतावनी तथा परामर्श 
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

Logo