आज अध्ययन-अध्यापनको सुरुवात गर्दा राम्रो, यस्ताे छ राशिफल

आज अध्ययन-अध्यापनको सुरुवात गर्दा राम्रो, यस्ताे छ राशिफल

केन्द्रबिन्दु
0
Shares

आजको पात्रो: १ पुस, १६  डिसेम्बर बिहीबार। मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी, प्रदोष व्रत, पौष संक्रान्ति, भरणी नक्षत्र, शिव योग, चन्द्रमा मेष राशिमा छ। आज सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त ०५ बजेर ०९ मिनेटमा हुनेछ। ११ः३९ देखि अभिजित मुहूर्त र १२ः२० सम्म रहेको छ। राहुकाल ०१ः१८ देखि ०२ः३६ सम्म रहेको छ। देवता मित्र, ग्रहदेव बुध रहेको छ। बिहीबारका दिन अध्ययन अध्यापन, लेखन र अनुसन्धानको कामको शुरुवात गर्दा राम्रो हुनेछ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र अध्यात्मिक कार्यबाट तपाईँलाई मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ रहेको छ। आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा हर्ष छाउने छ । नयाँ कार्यको थालनीले मनमा शान्ति र उत्साह बढ्ने छ। आजको दिन कुनै शिवालय यात्राले मनोकाक्षा पुरा हुनेछ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईँलाई आज आकस्मिक धनलाभ हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ। साथै, यात्राको अवसर प्राप्त हुनेछ। मनमा सकारात्मक सोच र खुसीको खबरले उत्साह भरिने छ। 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ खबरले तपाईँकाे मनमा खुसियाली छाउने छ। परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने, मौन रहन सक्नु भयो भने तपाईको लागि फाइदा हुनेछ। सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको शान्ति प्राप्त हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्दा विचार गर्नुहोला। तपाईँको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्न पनि सकिन्छ। अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि आजको दिन नयाँ अवसर प्राप्त हुनेछ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईँलाई अनावश्यक विवाद हुनसक्छ। त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । देवालय र शिवालय यात्रा गर्नुभयो भने तपाईँलाई फाइदा पुग्नेछ। मौन रहनु आज तपाईँका लागि फाइदा हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आकस्मिक यात्रा गर्नुपर्ने हुनसक्छ। मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । आजको दिन घरमा बृद्ध माता, हजुरआमालाई केही उपहार दिनु भयो  कन्या राशिका जातका लागि फाइदा हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईँले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ। सकारात्मक सोच, र नयाँ काम गर्न खोज्नु भएको छ भने अग्रजको सल्लाह मानेर काम गर्दा सफल हुनुहुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । यदि सूर्योदयको दर्शनमा भएमा मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यता आवश्यक छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईंको कार्यमा उपलब्धी हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला। शिवालयमा केही खानेकुरा दान गर्नुहोला।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईँले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ। आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला। मनमा निकै हर्ष छाइरहने छ, बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ। सामाजिक काममा मन जानेछ। तपाईंले गरेको कार्यको परिवारका सदस्यसमेत खुसी हुनेछन् । सर्वजनहितायको भावनाले काम गर्नुहोला।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सकारात्मक सोच राखेर काम गर्नुहोला। यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा खुसी छाउने छ।

Logo