यान्त्रिक गडबडी भएपछि बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

यान्त्रिक गडबडी भएपछि बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण


बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दीपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्ने वित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८  यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

संकेतिक तस्बिर

Logo