काठमाडौं उपत्यकामा १६१ कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १६१ कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १६१ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७४ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ६९१ जनाको पिसिआर परीक्षण र १३२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

निकाे हुनेकाे संख्या २७० जना रहेको मन्त्रालयले जनाएको छ। संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५७० रहेकाे छ।

नेपालमा हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्।

Logo