काठमाडौंमा चासोक तङ्नाम मनाउँदै ताप्लेजुङ समाज नेपाल

काठमाडौंमा चासोक तङ्नाम मनाउँदै ताप्लेजुङ समाज नेपाल

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउने भएको छ। ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्तकालसम्म कायम राख्न र प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप यसपटक ताप्लेजुङ समाजले लिम्बू समुदायमा विशेष रूपले मनाइने उँद्यौली पर्व (चासोक तङनाम २०७८ ) मनाउने भएको हो। 

चासोक तङनाम पौष १० गते शनिबारका दिन काठमाडौँको धुम्बाराही स्थित एस.आर. पार्टी प्यालेसमा परम्परागत संस्कृतिको प्रस्तुतिसहित मनाउने समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फे जानकारी दिए। 

उनले ताप्लेजुङ समाज–नेपाल ताप्लेजुङ जिल्लावासीको सर्वोपरि हितलाई ध्यानमा राखी, काठमाडौँमा स्थायी वा अस्थायी बसोवास गर्ने जिल्लावासीको मुख्य साझा संस्था रहेको अवगत गराउन पाउँदा खुसी लागेको पनि बताए। समाजले उक्त कार्यक्रममा उपस्थित भई मौलिक चाडपर्वको प्रवर्द्धनमा सहयोग पुर्याउनसमेत आग्रह गरेको छ। 

Logo