अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन

अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको एक नगरपालिकाका नगर सदस्य चयन भएका रामचन्द्र श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन गरिएको छ। 

गत सेप्टेम्बर २४ मा अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को आरटिएममा (उक्त नगर पालिकाको नगर सदस्य ) नियुक्त  भएका श्रेष्ठलाई सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो। अमेरिकामा उक्त पदमा पग्ने उनी नेपाली मूलका पाँचौं व्यक्ति हुन् ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा, चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दु;खी प्रकाशन, शब्द सारथि, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय, मिस नेवा खेल, लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिट ,जनहित ग्रामिण सेवा समिति ,सर्वपक्ष दैनिक ,क्यान सिन्धुपाल्चोक, सिन्धु कला मन्दिर , नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले सयुक्त रुपमा कार्यक्रम आयोजना गरी श्रेष्ठलाई अभिनन्दन गरेको हो।

कार्यक्रममा नगेन्द्र दंगाल, यज्ञ दंगाल, सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्माचार्य , नरमान श्रेष्ठ, ईन्द्रलोचन धिताल, कृष्णराज श्रेष्ठ, नगरप्रमुख अमानसिंह तामाङ लगायतले उनको प्रशंशा गरेका थिए। 

नगरप्रमुख तामाङले कनेक्टिकट राज्य र चौतारा साँगाचोकगढी नगरपालिकाबीच भागिन सम्बन्ध कायम गर्ने व्यवस्था मिलाउन आग्रह गरे। श्रेष्ठले आफूलाई जन्मभूमिमा गरिएको अभिनन्दनले जन्मभूमिका लागि थप केही गर्नुपर्ने हौसला र प्रेरणा थपिएको भन्दै नेपालको नाम सदैव उच्च राख्ने बताए।

गत सेप्टेम्बर २४ ,२०२१ मा  श्रेष्ठलाई उनले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको थियो।

नेपाल सिन्धुपाल्चोक चौतारा घर भइ हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन्। १९९६ मा अमेरिका पुगेका श्रेष्ठ २० वर्षदेखि उक्त शहरमा होटल व्यवसायमा संलग्न छन्।

Skip This
Skip This
Logo