नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) को अध्यक्षमा महेश स्वार चयन भएका छन्। बिहीबार राजधानीको होटल सोल्टीमा भएको एक कार्यक्रममा स्वारको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
यस्तै महासचिवमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक गोपाल थापा, सचिवमा सुशिल अवाल र कोषाध्यक्षमा पुनम सिंह चयन भए। सदस्यहरुमा अभय गोर्खाली, सिर्जना जोशी महर्जन, सुमन शाक्य, सुरेन्द्र थापा र सत्येन्द्र महर्जन रहेका छन्।
एनएमएमा मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरुसमेत ६५ जना संस्थापक सदस्य रहेका छन्। गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरिएको संस्थामा प्रा.डा. तुलसी धरेललाई एसोसिएसनको मानार्थ संस्थापक सदस्यको रुपमा मान्यता दिइएको छ।





























प्रतिक्रिया