पाँचथरकाे फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले

पाँचथरकाे फालेलुङमा आगलागी : एकै परिवारका तीन घर जले

केन्द्रबिन्दु
0
Shares

पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् ।

ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घरमा फैलिएको थियो। काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। 

आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

Logo