तराईका जिल्लाहरूमा बाक्लो हुस्सु, पहाड र हिमालमा हिमपातकाे सम्भावना

तराईका जिल्लाहरूमा बाक्लो हुस्सु, पहाड र हिमालमा हिमपातकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

प्रदेश-१ र बागमती प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्यसम्म बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

यस क्रममा प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Logo