मलामी सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु

मलामी सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ ।

शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताए पनि पुष्टि हुन बाँकी छ । 

आइतबार बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा करिब ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्धार कार्य गर्दै आएको छ ।

Skip This
Skip This
Logo