साढे ६ लाख सिरिन्ज ल्याइयो, स्थगित गरिएको खोप अभियान सञ्चालन हुने

साढे ६ लाख सिरिन्ज ल्याइयो, स्थगित गरिएको खोप अभियान सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ। अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो। 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो। 

सिरिन्ज अभावका कारणले पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो। ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउने तयारी थियो ।

बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सिरिन्ज आइसकेकाले स्थगित गरिएको फाइजर खोप सञ्चालन गरिने बताए। 

Skip This
Skip This
Logo