मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना कायमै

मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना कायमै

केन्द्रबिन्दु
0
Shares

मौसम पूर्वानुमान महाशाखाले अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली तथा प्रदेश-१ र २ मा आंशिकदेखि सामान्यसम्म बदली रहेको जनाएको छ। अनि तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

बुलेटिनअनुसार आज राति पनि सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : 'सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।'

Skip This
Skip This
Logo