सडक र खानेपानी नहुँदा ओझेलमा उदयपुरगढी

सडक र खानेपानी नहुँदा ओझेलमा उदयपुरगढी

केन्द्रबिन्दु
0
Shares

देशभरका एक सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि पर्छ । तर, यहाँसम्म पुग्ने गुणस्तरीय सडक अभाव र खानेपानी नहुँदा जिल्लाभित्रैका पर्यटकको रोजाइमा समेत पर्न सकेको छैन । 

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व भएका कारण सरकारले उदयपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले एक सय गन्तव्यभित्र पारेको थियो । 

नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि नौ किलोमिटर दुरीमा रहेको उदयपुरगढीसम्म जाने सडक निकै जीर्ण छ । सडक स्तरोउन्नति नहुँदा आन्तरिक तथा बाह्य पर्यटक सहजै आउन सक्दैनन् । सडक स्तरोउन्नतिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत  १ चैत ०७७ मा समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । तर, उक्त समझदारी अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सामान्य प्रशासन मन्त्रालय, प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय र उदयपुरगढी गाउँपालिकाबीच नौ किलोमिटर सडक स्तरोउन्नति अर्थात् कालोपत्रे गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तीन वटै तहको लागत सहभागीतामा निर्माण गर्ने गरी हस्ताक्षर भएको उदयपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए । 

नेपालटारदेखि उदयपुरगढीको केन्द्र उदयपुरगढीसम्म नौ किलोमिटर सडक कालोपत्र गर्न करिब २७ करोड अनुमानित लागतको तयारी गरिएको थियो । जसमा गाउँपालिकाको तर्फबाट दुई करोड विनियोजन गरी सकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भए बमोजिम तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा नेपालटारदेखि उदयपुरगढीसम्म कालोपत्रे गर्ने योजना समावेश भएको थियो । 

तर पछिल्लो सरकारले सरकारले ल्याएको पूरक बजेटमा नेपालटारदेखि उदयपुरगढीसम्मको कालोपत्रे योजनामा काटिएको छ । सरकारले चार वर्षअघि नै आर्थिक वर्ष ०७८/०७९ सम्ममा सबै गाउँपालिका केन्द्रसम्म पुग्ने सडक उतरोउन्नति गरी कालोपत्रे गर्ने योजनाअघि सारेको थियो । तर, यहाँ उतरोउन्नतीका लागि परेको योजना समेत हटाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । 

तत्कालीन बाइसे चौबिसे राज्यमा चौदण्डीगढी राज्य ( हालको चौदण्डीगढी नगरपालिका–१) को सहायक मुकाम उदयपुरगढी थियो । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा उदयपुरगढी कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास रहेको बोधकुमार घिमिरे बताउँछन् । यहाँ २०२८ सालमै कच्ची सडक पुगिसके पनि सोही वर्ष सदरमुकाम गाईघाट सारेपछि बिरानो बन्दै गएको हो । 

‘चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृश्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र शीतल हुने हुँदा पर्यटकको रोजाइमा पर्दै आएको छ,’ उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले भने । २०२८ सालमा गाईघाट सदरमुकाम सार्नुअघि जिल्लाको प्रशासनिक र राजनीतिक केन्द्र उदयपुरगढी नै थियो । सदरमुकाम सरेपछि बसाई सर्ने क्रम बढेसँगै गढी बिरानो बन्दै गएको हो । 

उदयपुरगढी गाउँपालिका–५ मा रहेको करिब दसई ५० वर्ष पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिने काम भइरहेको छ । पुरानो गढी, तत्कालीन सैनिक बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषसहित पुनः निर्माण गरिने गाउँपालिका अध्यक्षले बताए । गाउँपालिका मुकामदेखि एक किलोमिटर उत्तर–पश्चिममा रहेको पुरानो गढी पुनः संरचनापछि यहाँ पर्यटकको आकर्षण बढ्ने अपेक्षा छ 

Logo