काेराेना अपडेटः १४४६ जनामा संक्रमण पुष्टि, निकाे हुने कति?

काेराेना अपडेटः १४४६ जनामा संक्रमण पुष्टि, निकाे हुने कति?

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २  हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ३३ हजार ९४६ र एन्टिजेन परीक्षणबाट ९७ हजार ५०४ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २५५ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १४ हजार ४८५ पुगेकाे छ।

संक्रमणबाट साेमबार २ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६०६ रहेकाे छ।

नेपालमा हाल ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख १० हजार ५९४ खाेप लगाइएकाे छ।

Logo