पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक

पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ। 

गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजानिक गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षीया किशोरी कञ्चन पराजुली मार्फत् अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले उनीसँगै सिन्धुपाल्चोक इन्द्रावती १० बडहरेका २४ वर्षीय मनिष सुन्दास , इन्द्रावती ९ सिपाटारका २५ वर्षका वुद्ध तामाङ र सिपाटारकै २६ वर्षका विक्की भन्ने अनिल तामाङ संलग्न रहेको जनाएको छ। 

कञ्चन पीडित श्रेष्ठको घरमा भाडामा बस्दै आएकी थिइन् । श्रेष्ठको धनमाल चोरीमा उनकै प्रमुख भूमिका देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मनिष काठमाडौंमा प्लस टुमा एकै कलेजमा कञ्चनसँगै अध्ययन गर्दै आएका थिए ।

काठमाडौंमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चोरीमा संलग्न एक महिलाले दिएको बयानका आधारमा सोही दिन पक्राउ गरिएको र अन्यलाई एक हप्ता लामो अनुसन्धान पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजन अधिकारीले बताए। 

उनीहरूले चोरी गरेको केही सुनहरु भागबन्डा गरेको र केही गहनाको स्वरुप परिवर्तन गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई धनमाल चोरी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo