काठमाडौं उपत्यकामा १ हजार २८६ कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १ हजार २८६ कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा मंगलबार १ हजार २८६ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जना संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। साेमबार १,४४६ जना थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ६४८ जनाको पिसिआर परीक्षण र ४  हजार ३८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ३५ हजार ९२७ र एन्टिजेन परीक्षणबाट ९७ हजार ९६७ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ३१३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १४ हजार ७९८ पुगेकाे छ।

संक्रमणबाट साेमबार १ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६०७ रहेकाे छ।

नेपालमा हाल ९ हजार ५२२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ८० हजार ४५७ खाेप लगाइएकाे छ।

Logo