नेपालमा १० दिनमा थपिए ५३,५४६ काेराेना सङ्क्रमित, यस्ताे छ पछिल्लाे तथ्यांक

नेपालमा १० दिनमा थपिए ५३,५४६ काेराेना सङ्क्रमित, यस्ताे छ पछिल्लाे तथ्यांक

केन्द्रबिन्दु
0
Shares

पछिल्लो १० दिनमा नेपालमा ५३ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा ५३,५४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज ११ हजार ३५२ जना नयाँ सङ्क्रमति थपिएका छन्। दैनिक सङ्क्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे। 

गत हप्ता साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा 
संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। साेमबार थपिनेकाे संख्या ६,७३४ रहेकाे थियाे भने मंगलबार १०,२५८ जना थपिए। बुधबार (आज) ११,३५२ जना संक्रमित थपिएका छन्।

यस एक हप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ। पुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ४७ हजार ९२९ पुगेको छ। पुस २८ गते कूल परीक्षण गराएका मध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने हिजाे मंगलबार ४४.९ प्रतिशत र आज बुधबार ५२.८ प्रतिशत सङ्क्रमण पुष्टि भएको छ। 

यसबीचमा निकाे हुनेकाे संख्या नगन्य छ भने मृत्यु हुनेकाे संख्या पनि कम नै रहेकाे छ। 

बुधबारकाे अपडेट

गत २४ घण्टाभित्र नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १८ हजार ७८ जनाको पिसिआर परीक्षण र ५  हजार ३३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बुधबार निकाे हुनेकाे संख्या ६१३ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ । 

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ७७ हजार ७१७ र एन्टिजेन परीक्षणबाट १ लाख ५ हजार ८३३ रहेकाे छ। 

हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १८ हजार १६० पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२८ रहेकाे छ। नेपालमा हाल ४६ हजार ५१५ जना सक्रिय संक्रमित छन्। 

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ४ हजार ६६६ भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जना संक्रमित थपिएका हुन्।

Logo