भक्तपुरबाट दोलखा जाँदै गरेकाे बोलेरो सिन्धुपाल्चोकमा दुर्घटना, चार जना घाइते

भक्तपुरबाट दोलखा जाँदै गरेकाे बोलेरो सिन्धुपाल्चोकमा दुर्घटना, चार जना घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ। अर्का एक जनाको ढाडमा चोट लागेको छ। उनीहरुकाे  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ। 

गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

Logo