ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

केन्द्रबिन्दु
0
Shares

ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिवार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

मूर्ति चोरी भएको खबर थाहा पाउन साथ ऊर्जा मन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ ।

मन्त्री भुसालले मूर्ति चोरीको भर्त्सना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

Skip This
Skip This
Logo