कोरोना प्रभाव : सदर चिडियाखाना एक साताका लागि बन्द

कोरोना प्रभाव : सदर चिडियाखाना एक साताका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएकाे छ। 

लामो समयसम्म बन्द भएर विगत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशन अनुसार आइतबारदेखि लागू हुने गरि चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन्। उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ।

Logo