काेराेना अपडेट : १० हजार ३१९ जनामा संक्रमण पुष्टि, २ हजार ५४० निकाे भए

काेराेना अपडेट : १० हजार ३१९ जनामा संक्रमण पुष्टि, २ हजार ५४० निकाे भए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४  घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २१ हजार २०१ वटा नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १६ हजार ६५४ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ५४ जनामा र  ४ हजार ५४७ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८२ हजार ५५० रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५४० जना डिस्चार्ज भएका छन् भने मृत्यु ४ जनाको भएको छ।

Logo