पत्रकार विश्वकर्माको निधनको मुख्य कारण अस्पतालः महासंघ

पत्रकार विश्वकर्माको निधनको मुख्य कारण अस्पतालः महासंघ

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघले टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निष्कर्ष निकालेको छ। महासङ्घले घटनाको अध्ययन गर्न गठन गरेको समितिले यस्तो निष्कर्ष निकालेको हो। 

महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति महासङ्घले गठन गरेको थियो । उक्त समितिको अध्ययन निष्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ।  

सरकारको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

महासङ्घले यस प्रकरणको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने बताएको छ।

महासङ्घले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ।

Logo