आजदेखि सार्वजनिक यातायातमा जाेरबिजाेर हट्याे, निजीमा मात्र लागू हुने

आजदेखि सार्वजनिक यातायातमा जाेरबिजाेर हट्याे, निजीमा मात्र लागू हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली आजबाट हटेको छ। सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले शनिबारदेखि लागू हुने गरि नयाँ आदेश जारी गरेका हुन् ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ। विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ।

कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो।

पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन्। यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि)को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो।

Skip This
Skip This
Logo