काठमाडौँ महानगरपालिकामा गरिएका परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण

काठमाडौँ महानगरपालिकामा गरिएका परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ। अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको  कमपाको भनाइ छ। 
 
काेरोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ। अहिले परीक्षण दर पनि बढेको छ । दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउँछन्।  सङ्क्रमण बढे पनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आए पनि तयारी अवस्थामा रहेको  कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यसपटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ। 

डङ्गोलले भने, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ”, “हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौँ। हामी पनि तयारी अवस्थामा छौँ। आवश्यक पर्यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौँ।”  महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। 

Logo