बिहान तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे सम्भावना

बिहान तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।  

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी  दिएकाे छ।

साेमबार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

Skip This
Skip This
Logo