काेराेना अपडेट : संक्रमितभन्दा निकाे हुने बढी, ३ हजार ५४० संक्रमित थपिए

काेराेना अपडेट : संक्रमितभन्दा निकाे हुने बढी, ३ हजार ५४० संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ९ हजार ९१० जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८३ हजार ९९९ रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना डिस्चार्ज भएका छन् भने ४ दिनमा ३२ जनाको मृत्यु भएको छ।

२० दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।

माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। 

माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते  थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए। माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। शनिबार ४ हजार ९०४ जना थपिए।

Logo