केही प्रदेशमा वर्षाकाे सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

केही प्रदेशमा वर्षाकाे सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

केन्द्रबिन्दु
0
Shares

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएकाे छ। मंगलबार बिहान माैसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे हाे।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको आँकलन गरिएकाे छ।

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको आँकलन गरिएकाे छ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Logo