सरकारले बुधबार सार्वजनिक बिदा दिने

सरकारले बुधबार सार्वजनिक बिदा दिने

केन्द्रबिन्दु
0
Shares

सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। 

गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘वि.सं. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/१०/१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

Skip This
Skip This
Logo