काेराेना अपडेट : ५ हजार ५८३ संक्रमित थपिए, ८ हजार २६७ जना निकाे भए

काेराेना अपडेट : ५ हजार ५८३ संक्रमित थपिए, ८ हजार २६७ जना निकाे भए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ वटा नमुना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १० हजार ७७६ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ७४ हजार ६५३ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना डिस्चार्ज भएका छन् भने मृत्यु ९ जनाको भएको छ।

२२ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।

माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। 

माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते  थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए। 

माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। माघ १५ गते ४ हजार ९०४ जना थपिए। माघ १६ गते ३ हजार ५४० संक्रमित थपिएका थिए। साेमबार थपिनेकाे संख्या ५ हजार २९२ रहेकाे छ।

Logo