काठमाडौं उपत्यकामा १ हजार १३० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १ हजार १३० जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा थप १ हजार १३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसमा काठमाडौंका ८६८, भक्तपुरका ८५ र ललितपुरका १७७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८२ वटा नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ६ हजार ४९९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २०५ जनामा र ५ हजार ८३ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ६९ हजार २९१ रहेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५५५  जना डिस्चार्ज भएका छन् भने मृत्यु १२ जनाको भएको छ।

Skip This
Skip This
Logo