काठमाडौं उपत्यकामा १ हजार ५०९ कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार २४९ संक्रमित थपिएका हुन्। त्यसपछि ललितपुरमा १८३ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६०५ वटा नमुना परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १० हजार २६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनामा एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ६३ हजार २९६ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना डिस्चार्ज भएका छन् भने मृत्यु १४ जनाको भएको छ।
२५ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए।
माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए।
माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। माघ १५ गते ४ हजार ९०४ जना थपिए। माघ १६ गते ३ हजार ५४० संक्रमित थपिएका थिए। माघ १७ गते थपिनेकाे संख्या ५ हजार २९२ रहेकाे थियाे। माघ १८ गते ५ हजार ५८३ जना थपिए। माघ १९ गते ३ हजार ६३७ संक्रमित थपिएका थिए। माघ २० गते थपिने संक्रमितकाे संख्या ३ हजार १७५ रहेकाे छ।































प्रतिक्रिया