अझै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

अझै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

केन्द्रबिन्दु
0
Shares

बिहीबार दिउँसोदेखि परेको हिमपातले अjरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गमा बाक्लो हिउँ जमेकोले अवरुद्ध बनेको हो। 

सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन   खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। ‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौँ । एकतर्फी रूपमा खुलिसकेको छ। अति आवश्यक सवारीसाधनलाई गन्तव्यमा पठाइरहेका छौँ । अझै पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने। 

जिल्लाको उच्च भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भइरहेकाे छ। लामो समयपछि डडेलधुरामा माघ महिनामा हिमपात भएको हो। हिउँ खेल्नेको भिडले यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमपातसँगै सेताम्मे भएका डाँडा पाखामा हिउँसँग रमाउने युवायुवतीहरूको ताँती छ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।

Skip This
Skip This
Logo