नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सोही अवधिमा १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ वटा नमुना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार १७ हजार ४४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६६६ जनामा र ३ हजार ५४२ जनामा एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार २१५ जना डिस्चार्ज भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 11 February 2022































प्रतिक्रिया