पाल्पा । वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।
तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको थियो । कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवल र भैरहवा लगिए पनि कुनै अस्पतालले भर्ना नलिएपछि मंगलबार उनलाई पुन: तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।
बुटवल र भैरहवाकाे विभिन्न अस्पतालमा भर्ना नलिएपछि फर्काइएका संक्रमितकाे मिसन अस्पतालमै मृत्यु भएकाे हाे ।































प्रतिक्रिया