काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिका–३ मा बर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लू संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। बर्ड फ्लू नियन्त्रणको प्रयास भइरहेको र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
एपी वान इन्फुलुन्जा संक्रमण भएको र यसले मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले मन्त्रालयले सावधानी अपनाउन भनेको हो।
प्रतिक्रिया