शब्दयात्रा प्रकाशनले काभ्रेका दुई पत्रकार ‘पराजुली’ र ‘कालोटोपी’ लाई सम्मान गर्ने

शब्दयात्रा प्रकाशनले काभ्रेका दुई पत्रकार ‘पराजुली’ र ‘कालोटोपी’ लाई सम्मान गर्ने

केन्द्रबिन्दु
0
Shares

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका सक्रिय पत्रकारद्वय 'राजकुमार पराजुली' र 'ज्ञानमणि नेपाल कालोटोपी' लाई २०७८ सालको शब्दयात्रा कदरपत्र प्रदान गर्ने भएको छ। 

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानको सौजन्यबाट प्रदान गरिने कदरपत्र हरेक वर्ष काभ्रे जिल्लाका दुईजना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ। 

यस वर्ष सम्मानित हुने मध्ये पत्रकार कालोटोपी विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । 
मण्डन देउपूर नगरपालिका १० का उनले लामो समय नेपाल समाचारपत्र दैनिकमा आबद्ध भएर पत्रकारिता गरेका थिए । हाल केन्द्रबिन्दु मिडियामा वरिष्ठ उपसम्पादक भएर काम गरिरहेका छन् । उनी काभ्रेको मध्यमार्ग साप्ताहिकका विशेष सम्वाददाता पनि हुन् ।

यस्तै पत्रकार पराजुली पनि विगत २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । पाँचखाल नगरपालिकाका उनले यसअघि 'द हिमालय' र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध भएर काम गरेका थिए। हाल उनी जिल्लाबाट राससमा कार्यरत छन्। आगामी शनिबार बनेपामा कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान गरिने शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले जानकारी दिए।

शब्दयात्रा कदरपत्र २०७७ सालमा वरिष्ठ पत्रकारद्वय मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई प्रदान गरिएको थियो।

Skip This
Skip This
Logo